सभामुख सापकोटाले छाडे सरकारी निवास

नेपालखोज २०७९ असोज २२ गते १७:५७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारी निवास छाडेका छन् ।प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताको अघिल्लो दिन शनिबार सापकोटा सरकारी निवास छाडेर निजी निवासमा फर्किएका हुन् ।

उनले सभामुखको रुपमा पाउने सरकारी सेवा सुविधा पनि छाडेको उनका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए । सरकारी सेवा सुविधा छाड्नु अगाडि सापकोटाले पत्रकार सम्मेलन गरेका थिए । उनले आसन्न चुनाव नलड्ने पनि घोषणा गरेका छन् । रासस

प्रतिक्रिया