लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७९ असोज २३ गते ६:५४

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखी सामान्य बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका धेरै र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया