राष्ट्र बैंकले बैकिङ प्रणालीमा ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ असोज २४ गते १७:२७

काठमाडौं । नेपाल राष्ट्र बैकले बैकिङ प्रणालीमा ५६ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ ।

राष्ट्र बैंककाअनुसार उपदान तथा कोषमा रहेको रकम तीन सय ६७ दिने मुद्दती निक्षेपको रुपमा २०७९ कार्तिक तीन गतेदेखि २०८० कार्तिक चार गतेसम्मको लागि उक्त परिमाणमा रकम राख्न लागिएको हो ।

यसरी मुद्दती निक्षेपको रुपमा राखिने कुुल रकम मध्येमा बाणिज्य बैकहरुको लागि ४४ करोड ८० लाख, बिकास बैंकहरुको लागि आठ करोड ४० लाख र फाईनान्स कम्पनीहरुको लागि दुई करोड ८० लाख रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।

राष्ट्र बैकका अनुसार रकम लगानी गर्न चाहाने इच्छुक तथा फाईनान्स कम्पनीहरुले यही असोज २६ गतेसम्ममा नेपाल राष्ट्र बैंकमा आफूले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाईनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई बर्ष पुरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.ए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएका छन् ।

प्रतिक्रिया