जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा, बिक्रीदर ९ रुपैयाँ ०८ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२८ रुपैयाँ १६ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ०९ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०८ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया