राष्ट्रपति भण्डारीकाे स्वास्थ्यमा सुधार, आज डिस्चार्ज गरिने

नेपालखोज २०७९ असोज २५ गते ११:१२

काठमाडौं । राष्ट्रपति भण्डारीकाे स्वास्थ्यमा सुधार भएपछि आज डिस्चार्ज गरिने भएकाे छ । त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि भर्ना भएकी राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज डिस्चार्ज गर्ने उपचारमा संलग्न चिकित्सकले बताएका हुन् ।

चिकित्सकका अनुसार उनको स्वास्थ्यमा सुधार भएको छ । ज्वरो र खोकी कम भएको छ । ‘अहिले स्वास्थ्यमा सुधार भएसँगै डिस्चार्ज गर्न लागेका हौं,’ एक चिकित्सकले भने, ‘आवश्यक परे राष्ट्रपति भवनमा गएर थप परीक्षण र उपचार हुन्छ ।’ २३ असोजमा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया