युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा, बिक्रीदर १२८ रुपैयाँ २९ पैसा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३२ रुपैयाँ ०१ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १२७ रुपैयाँ ७० पैसा र बिक्रीदर १२८ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४५ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ०१ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ९७ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ १३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर


प्रतिक्रिया