बाँकेमा नौजनाले लिए उम्मेद्वारी फिर्ता

नेपालगञ्ज । प्रतिनिधिसभा र प्रदेशसभातर्फ बाँकेमा नौ उम्मेदवारले उम्मेद्वारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार उम्मेद्वारी फिर्ता लिनेमा एक प्रतिनिधिसभा र आठ प्रदेशसभाका उम्मेद्वार छन् । बाँके क्षेत्र नम्बर–३ मा उम्मेदवारी दिएका रवीन्द्रमान श्रेष्ठले उम्मेद्वारी फिर्ता लिएका छन् ।
क्षेत्र नम्बर–३ मा सत्ता गठबन्धनबाट कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेद्वार छन् । क्षेत्र नम्बर–१ का प्रदेशसभाका उम्मेद्वार उग्रसेन यादव र विक्रम यादव, क्षेत्र नम्बर–२ का प्रदेशतर्फ स्वतन्त्र उम्मेदवारद्वय राजेन्द्र कँडेल र विनयचन्द्र गुप्ता, क्षेत्र नम्बर–३ को प्रदेशसभा सदस्य उम्मेद्वार जाकिर हुसैन, दीपक जीएम, इन्द्रबहादुर थापा, राजकुमार ढकाल र सन्तबहादुर खत्रीले उम्मेद्वारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधिसभा र प्रदेशमा गरी नौ जना निर्वाचित हुनेछन् । यसका लागि ९९ जनाले उम्मेद्वारी दिएका थिए । आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ ।

प्रतिक्रिया