‘स्वतन्त्र उम्मेदवारी लोकतन्त्रविरोधी प्रवृत्ति हो’

काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ‘स्वतन्त्र उम्मेदवारी’ लोकतन्त्रविरोधी प्रवृत्ति भएको बताएका छन् । वाम-लोकतान्त्रिक गठबन्धनले स्थापना गरेकाे प्रचारप्रसार समितिको कार्यालय शुभारम्भ गर्दै भट्टराईले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले संविधान, लोकतन्त्र र समृद्धिका लागि वाम-लोकतान्त्रिक गठबन्धन निर्माण गरिएको बताए ।
अहिलेको व्यवस्थामा दलको विकल्प अर्को दल हुने विचार व्यक्त गर्दै पार्टीको विकल्प खोज्दा निर्दलीय र अधिनायकवादीको उदय हुनसक्ने खतरा औँल्याए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं काठमाडौं निर्वाचन क्षेत्र ८ बाट गठबन्धनका उम्मेदवार जीवनराम श्रेष्ठले देश, संविधान र लोकतन्त्र जोगाउन वाम-लोकतान्त्रिक गठबन्धनको भूमिका महत्त्वपूर्ण रहेकाले आसन्न निर्वाचनमा लोकतन्त्र र संविधान पक्षधरलाई जनताले विजयी गराउने बताए ।
काठमाडौं निर्वाचन क्षेत्र ८ (ख)का उम्मेदवार अमिन पाण्डेले संविधानको रक्षा गरी प्राप्त उपलब्धि जोगाउन गठबन्धन गरिएको बताए । प्रचार कार्यालयमार्फत अब चुनावकेन्द्रित प्रचारका काम गरिने कांग्रेस नेता लक्ष्मीराम शर्माले बताए ।

प्रतिक्रिया