उम्मेद्वारी खारेजी विरुद्ध सर्वोच्चमा रिट

नेपालखोज २०७९ असोज २७ गते १९:०१

काठमाडाैं । सर्वोच्च अदातलमा रुपन्देही–२ का नेकपा (एकीकृत समाजवादी)का उम्मेद्वार राजु गुरुङले आफ्नो उम्मेद्वारी खारेजीविरुद्ध रिट निवेदन दायर गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेद्वारी खारेज गरेको थियो ।

आयोगको उक्त निर्णय विरुद्ध गुरुङले आज सो रिट निवेदन दायर गरेका हुन् । रिट निवेदनमा गुरुङले आफ्नो उम्मेद्वारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन् ।

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार सो रिट निवेदन दर्ता भएको छ । शुक्रबारका लागि पेशी तोकिएको छ ।

प्रतिक्रिया