महिला फुटबलमा विभागिय टोलीको सहज जित

काठमाडाैं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत महिला फुटबलमा बिभागीय टिम नेपाल आर्मी र नेपाल पुलिस क्लवले सहज जित निकालेका छ ।
स्याङजाको वालिङमा भएको खेलमा आर्मीले मधेश प्रदेशलाई ६–० गोल अन्तरले पराजित गरेको हो । आर्मीले खेलको ९औं मिनेटमा इन्दिरा राईको गोलबाट अग्रता लिएको थियो ।
पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा पुनः गोल गर्दै इन्दिराले अग्रता दोब्बर पारिन् । पहिलो हाफमा दुई गोलले अगाडि रहेको आर्मीलाई खेलको ५२ औ मिनेटमा चन्द्रा भण्डारीले गोल गर्दै ३–० को स्थितिमा पु¥याइन् ।
खेलको ५५ औ मिनेटमा चन्द्रा भण्डारीको पासमा कुस्मा खतिवडाले गोल गरिन् । चौथो गोल गरेको दुई मिनेटमै अमिसा कार्कीले मैदानको मध्य भागबाट एक्लै गोलकिपरलाई विट गर्दै गोल गरिन् ।
अमिसा खेलको ४६ औ मिनेटमा मैदानमा प्रवेश गरेकी थिइन् । इन्दिरा राईको ठाउँमा ६७ औं मिनेटमा मैदान प्रवेश गरेकी हिमा चौधरीले उत्तरार्धको इन्जुरी टाईमको एक मिनेटमा गोल गर्दै आर्मीको जित सुनिश्चित गरिन् ।
मधेश प्रदेशले भने पाएका अवसर खेर फाल्यो । आर्मीका प्रशिक्षक चक्र तामाङले खेल जिते पनि खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताए । यस्तै मधेश प्रदेशका प्रशिक्षक चित्र बहादुर दर्लामीले खेलाडी सोचे भन्दा राम्रो खेलको प्रतिक्रिया दिए ।
राष्ट्रिय खेलाडी सम्मिलित विभागीय टिमसगँ नयाँ खेलाडीले सोचे भन्दा राम्रो खेलेको उनको भनाइ थियो । बिहिबारबाट स्याङजा वालिङ स्थित मालेबगर खेल मैदानमा सुरु भएको महिला फुटबलमा सात प्रदेश र तीन बिभागिय टोलीको सहभागीता रहेको छ ।
प्रतियोगिताको पहिलो खेलमा पुलिसकी रेखा पौडेलको ह्याट्रिकको मद्दतले बागमती प्रदेशलाई ५–० गोलले पराजित गर्याे । पुलिसका लागि निरु थापाले दुई गोल गरिन् । १७औं मिनेटमा निरुले गोलले अग्रता बनाएको पुलिसले अर्को मिनेटमै अग्रता दोब्बर पार्यो । रेखाले १८औं मिनेटमा गोल गरिन् । २१औं र २३अैं मिनेटमा गोल गर्दै रेखाले ह्याट्रिक पुरा गरिन् । पहिलो गोल गरेकी निरुले ३२ औं मिनेटमा गोल गरिन् ।
प्रतिक्रिया