‘देशको भद्रगोल अवस्थाको समाधान गर्न चुनावी मैदानमा जाँदै छु’

नेपालखोज २०७९ असोज २८ गते १५:४७

काठमाडौं । उद्योग पति विनोद चौधरीले आफूले पैसाको लागि राजनीति नगरेको बताएका छन् । दिगो आर्थिक विकास राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले देशमा बढ्दै गइरहेको आर्थिक समस्यालाई न्यूनीकरण गर्न आफू राजनीतिमा आएको बताएका हुन् । उनले आफ्नो क्षेत्रका जनताको समस्या आफूले नजिकबाट देखेकाले समस्या समाधान गर्ने बताए ।

‘म संसद्मा दुई पटक बसिसकेको छु । अहिले नातिनातिना खेलाएर बस्नुपर्ने बेलामा हो । तर, अहिले म प्रत्यक्ष चुनाव लड्दै छु । तर, म देशमा देखिएको भद्रगोल अवस्थाको समाधान गर्नको लागि चुनावी मैदानमा जाँदै छु’ उनले भने ।’

प्रतिक्रिया