शुक्रबार, जेठ ४, २०८१

लोकतन्त्रात्मक शासन व्यवस्थामा राजनीतिकदलको ठुलो महत्त्व रहन्छ…

ओम आचार्य २०७९ असोज २९ गते १८:१७

नेपाली कांग्रेसभित्र चुनावी गठबन्धन गर्ने र नगर्ने दुईथरीको विचार दुईथरीको बहस र सम्वाद चलेको र अन्तमा गठबन्धन गर्नु हुँदैन भन्ने विचार पनि गर्नेमा सहमती जनाउन पुगे । याहासम्म त ठिक्कै थियो तर अहिले आएर नेपाली कांग्रेसबाट टिकट पाउनेहरुले निर्वाचन आयोगबाट चुनाव चिह्न वितरण गर्नुभन्दा पूर्व आफ्नो चुनाव प्रचारमा नेपाली कांग्रेसको रुखमा भोट माग्दै गर्दा निर्वाचन आयोगले चुनाव चिह्न वितरण गरेपछि एकाएक ‘गठबन्धनका साझा उम्मेद्वार ‘ ‘वाम र लोकतान्त्रिकका साझा उम्मेद्वार ‘भनेर आफ्नो र यिन्का सुभचिन्तकहरुले भोट माग्न थालेकोमा आस्चर्य र उदेक लाग्न थालेको छ ।

आस्चर्य अरु राजनितिक दलले के गरे र कसरी निर्वाचनमा भोट माग्दै हिडे त्यसमा होइन आस्चर्य त नेपाली कांग्रेसले ‘नेपाली कांग्रेस’ भनेर जन समक्ष र आफ्ना वालहरुमा भोट नमाग्नुले बनाएको छ । राणाविरुद्ध, पंचायतविरुद्ध , शाही शासनविरुद्ध लडेर यिनिहरुको अस्तित्वविहिन बनाउने नेपाली कांग्रेस अहिले निर्वाचनमा नेपाली कांग्रेस भन्न नसकेर किन रुख मात्रैको कुरा राख्छ । बीपीले जन्माएको नेपाली कांग्रेस, बीपीले बनाएको नेपाली कांग्रेसको इतिहास आज निर्वाचनमा यो नाम प्रयोग किन भइरहेको छैन ? लोकतन्त्रात्मक शाशन व्यवस्थामा राजनीतिकदलको ठुलो महत्त्व रहन्छ र त्यसमा पनि लोकतन्त्रको सुरक्षा र सुदृढ़ता पहिले सर्त निर्वाचन नै हो र यही मान्यता र आदर्श मानेर त्यही आदर्श वोकेको पाटी नेपाली काग्रेस आज निर्वाचनमा जादा नेपाली काग्रेसले कांग्रेस भन्न सकिरहेको छैन ।

पंचायत कालमा पनि निर्वाचन भएकै हो त्यो समय पाटि प्रतिबन्ध रहेको अवस्थामा आन्दोलन गर्ने यि राजनीतिक दल तत्कालिन समयमा निर्वाचन चिन्ह मात्रै लिएर निर्वाचनमा सहभागी भएका यिनै राजनीतिक दलहरु पनि हुन र पाटी प्रतिवन्धित हुँदा बहुदलको माग गर्दै हिडने यि दलहरु अहिले बहुदलीय व्यवस्था विधमान रहदा रहँदै निर्दलिय रुपमा नेपाली कांग्रेस लगायत अन्य चाँर दल निर्वाचन चिन्हमा मात्रै प्रचार प्रसारमा रहनु निस्चय नै भविस्यको लागि राम्रो मान्न किमार्थ सकिन्दैन ! नेपाली कांग्रेस र अन्य चारदल पनि यसरी नै प्रस्तुत हुनु बहुदलीय व्यवस्था माथि घातको रुपमा लिनुपर्छ र त्यसको नेतृत्व नेपाली काग्रेसले गरिरहेको छ !

एउटा प्रस्न उठ्छ पाँचदलिय गठबन्धनमा यस्तो के बाध्यता समस्या आयो यिनिहरुले आफ्नो राजनितिक दलको नाम लिन चाहिरहेका छैन ? यो वाध्यता यो समस्यालाइ प्रतिगामी विचार किन न भन्ने ? राजनीतिक दलको नाम लिन नसक्ने यि पाँचदलिय गठबन्धन ले किन साझा घोषणा पत्र चै आवस्यक ठानेन ? किन साझा घोषणा पत्र बनाउन सकेनन तर साझा उम्मेद्वार चै भन्न हिचकिचाएनन् ? अहिले पाँचदलिय गठबन्धनले आफ्नो पार्टीको नाम परिवर्तन गरेर के नेपाली कांग्रेसबाट रुख भएको हो ? नेकपा एसले नाम परिवर्तन गरेर क़लम मात्रै भएको हो ? माओवादीले पनि नाम माओवादी हटाएर आफ्नो लोगोमा मात्रै आएको हो ? यस्तो प्रवृती विचारले निर्दलियलाइ मात्रै प्रोत्साहित गर्छ यो कुरा अन्य राजनीतिक दल कसरी लिएका छन त्यो विसय गम्भिर होला नहोला तर नेपाली काग्रेसले यसरी प्रस्तुत हुनु गम्भिर र पाटिगत दोष हो ।

यस्मा पार्टी सभापती शेरबहादुर देउवा मात्रै देसी छैन पार्टीको सम्पूर्ण पदाधिकारी र निर्वाचनमा टिकट पाएर युद्ध जिते जस्तै गरेर होमीएकाहरु पनि उतिक्कै दोषी छन् यस अर्थमा छन् कि अहिले यिनिहरु निर्वाचनमा नेपाली कांग्रेस न भनेर रुख मात्रै भन्दै छन् यिनिहरुको स्वभिमान कसरी दियो ? हिजोसम्म गर्वले लिने यो नाम आज निर्वाचनमा किन लिइरहेका छैन ? माओवादीले आफ्नो नाम त परिवर्तन गर्न खोजिरहेकै थियो यो नामबाट निर्वाचनमा जाँदा जनतावाट स्विकार्य नहुन सक्छ प्रचण्डले यही कुरा बुजेर सायद नाम परिवर्तन को विसय पनि आएकै हो ।

प्रचण्ड राजनीतिका चतुर खिलाड़ी हुन उनकाे चतुराइ र उन्को यही खेल मा पाँच दलिय गठबन्धन परेर अहिलेको निर्वाचनमा गठबन्धनका कुनै पनि दलले आफ्नो राजनैतिक दलको नाम नराख्ने सहमती गराएको हुन सक्छ ? कारण प्रचण्डलाइ आफ्नो दलको नाम प्रस्तुत गर्नु नै छैन । राजनीतिक दलहरुले आफ्नो स्थापना काल देखि आफ्नो राजनीतिक दलको नाम परिवर्तन गर्दै आएका छन यिनिहरुको यो नाम र पहिचान आफैँलाई घाउ हुँदै गर्दा यस्तो अवस्था आएको हुन सक्छ । इतिहास र परिचय खराब हुदा यस्तो नाम बोकेर हिड्दा राजनीतिक दलले नाम परिवर्तन गरेको र खोजेको हुन सक्छ तर नेपाली कांग्रेसमा यो बाध्यता र समस्या छैन । अनि किन पाँच दलिय गठबन्धन को अवधारणामा कांग्रेसले निर्वाचनमा आफ्नो नाम लिन नचाहेको हो ?

प्रतिक्रिया