शनिबार, जेठ ५, २०८१

चाैबीस घण्टा थप ३२ कोरोना संक्रमित थपिए

नेपालखोज २०७९ असोज ३० गते १६:१९

काठमाडौं । नेपालमा पछिल्लाे चाैबीस घण्टा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११६२ नमुनाको पीसीआर परीक्षण गरिएकाे थियाे ।

पछिल्लो चाैबीस घण्टामा कोरोनाका कारण देशभर कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार १८ जनाको मृत्यु भएको छ । त्यस्तै देशभर ०७ जना निको भएका छन् ।

योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ९ लाख ८७ हजार ४४७ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ६८८ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया