सोमबार, वैशाख २४, २०८१

दराज क्लब ग्राहकहरुलाई विशेष फाइदा उठाउने अद्भुत अवसर

नेपालखोज २०७९ असोज ३० गते १६:४५

काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो नयाँ मेम्बर्शिप प्रोग्राम दराज क्लब सुरु भएको घोषणा गरेको छ । यो नयाँ सुविधा मार्फत ग्राहकहरुले दराज एप मार्फत विशेष लाभहरू प्राप्त गर्न सक्नेछन् भने ग्राहकहरुले दराज एपमा प्रत्येक खरीदारी पछि जेम्स कमाउन सक्ने पनि कम्पनीले जनाएको छ ।

दराज क्लबको सदस्य बनेर ग्राहकहरूले उच्च जेम्स रिडेम्पशन, थप पुरस्कार र विशेष भाउचरहरू लगायतका अन्य फाइदाहरू प्राप्त गर्नेछन् भने यी सुविधाहरू मार्फत, ग्राहकहरूले आफ्ना अर्डरहरूमा अतिरिक्त छुट प्राप्त गर्न र थप बचत गर्न कम्पनीको भनाई छ । दराज क्लब आईओएस र एन्ड्रोइड दुबै प्लेटफर्ममा उपलब्ध छ ।

नयाँ सुविधा प्राप्त गर्नको लागी ग्राहकहरुलाई आफ्नो दराज एप अपडेट गर्न अनुरोध गरिन्छ । क्लबमा सामेल हुनको लागि, ग्राहकहरूले डिसेम्बर ३१, २०२२ सम्म कम्तिमा २५०० जेम्सहरु संकलन गर्नुपर्नेछ, जुन दराज मा किनमेल गरेर कमाइन सकिन्छ ।

डिसेम्बर ३१ पछि, क्लबमा सामेल हुन आवश्यक पर्ने जेम्सहरुको न्यूनतम संख्या ३५०० मा बढाइनेछ र दराज क्लबका सदस्यहरूले मात्र चेकआउटको समयमा छुटका लागि रत्नहरू प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ । जेम्सको बारे थप प्रश्नहरु वा प्रश्नहरुको लागी कृपया दिइएको नम्बरमा : ०१५९७०५९७

प्रतिक्रिया