राष्ट्र बैंकद्वारा पुनः १८ अर्ब २० करोड रुपैयाँँको ट्रेजरी आव्हान

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुुनः १८ अर्ब २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको आव्हान गरेको छ । राष्ट्र बैंकका अनुसार भोलि सोमबार अपरान्ह तीन बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गर्न लागिएको हो ।
जारी मिति भने कार्तिक एक गते तोकिएको ट्रेजरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन पाउनेछन । बिक्री गरिने कुल ट्रेजरी मध्येमा २८ दिने अवधिको दुई अर्ब, ९१ दिने अवधिको पाँच अर्ब २० करोड, एक सय ८२ दिने अवधिको पाँच अर्ब र तीन सय ६४ दिने अवधिको छ अर्ब रुपैयाँ बराबरको रहेको छ ।
राष्ट्र बैंकका अनुसार यी ट्रेजरीको परिपक्व हुने अवधि भने क्रमशः २०७९ कात्र्तिक २९ गते, २०७९ माघ तीन गते, २०८० बैशाख पाँच गते र २०८० असोज ३० गते तोकिएका छन् । यि ट्रेजरीहरु पुरानो नविकरण अन्तर्गतका रहेका छन् । यसअघि यही असोज २४ गते पनि राष्ट्र बैकले १८ अर्ब २५ कारेड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।


प्रतिक्रिया