ब्याजदर बृद्धिले उद्यमी, व्यवसायी मर्कामा : अध्यक्ष मल्ल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्ससका अध्यक्ष राजेन्द्र मल्लले ब्याजदर बृद्धिले उद्योगी, व्यवसायी निकै मर्कामा परेको बताएका छन् । बैंक वित्तिय संस्थाले लिने स्पे्रड दर र कर्जा प्रवाह गर्दा बेस रेटमा उच्चतम ६ प्रतिशत प्रिमियम कायम हुँदा उद्योगी व्यवसायी निकै मर्कामा परेको अध्यक्ष मल्लले बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीको १५ औं वार्षिक साधारण सभालाई उद्घाटन गर्दै अध्यक्ष मल्लले आकासिएको ब्याजदर नियन्त्रण नहुँदा सम्पुर्ण उद्योगी व्यवसायी मर्कामा पर्नुका साथै महङ्गीले जनतामा समेत असर गरेको बताए । कोभिड १९ महामारीका कारण मुलुकको अर्थतन्त्र अत्यन्तै प्रभावित भएको र रसिया युक्रेन युद्धले थप प्रभावित बनाएको अध्यक्ष मल्लले बताए ।
उनले भने, मुलुकको अर्थतन्त्रमा चौतर्फी दवाव परिरहेका बेला पछिल्लो समय भएको ब्याजदर बृद्धिले व्यवसायीलाई निकै आहात बनाएको छ,।’ हाल विद्यमान स्प्रेड दरलाई ४ दशमलव ४ प्रतिशतबाट १ प्रतिशत घटाउने एवं बैंकहरुको आधार दरलाई यथाशक्य न्यूनतम विन्दुमा कायम गरि कर्जाको आधार दरको अधिकतम २ प्रतिशत सम्म प्रिमियम थप गर्ने व्यवस्था भएमा व्याजदर घट्ने अध्यक्ष मल्लको भनाई छ ।
स्थानीय प्रदेश तथा संघीय सरकार अन्र्तगतका निकायहरुको खातामा रहेको पुँजिगत खर्च हुन नसकेमा सो रकमको ९० देखि ९५ प्रतिशत रकमलाई वाणिज्य वैंक मार्फत कर्जा प्रवाह गर्ने व्यवस्था भए यसले तरलतामा वृद्धि हुने अध्यक्ष मल्लले सुझाव दिए ।
लुम्बिनीको पर्यटन प्रर्वद्धन, एवं कृषिको आधुनीकीकरण र यान्त्रीकरण मार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जुट्नुपर्ने अध्यक्ष मल्लको भनाई छ ।

प्रतिक्रिया