आइतबार, वैशाख २८, २०८२

बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी उपाध्याय नक्सालबाट पक्राउ

नेपालखोज २०७९ असोज ३० गते १९:३८

काठमाडौं । बैंकिङ कसुर मुद्धाका फरार प्रतिवादी काठमाडौंको नक्सालबाट परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका अनुसार भक्तपुरको सुर्यबिनायक नगरपालिका स्थायी घर भई हाल काठमाडौंको नक्सालमा बस्दै आएका ५० बर्षिय ब्रजेश उपाध्यायलाई पक्राउ आईतबार पक्राउ गरिएको हो ।

बैंकिङ कसुर मुद्धामा उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले प्रतिवादी उपाध्यायलाई बिगो दुई करोड ६१ लाख ५५ हजार एक सय ७५ रुपैयाँ भराई, बिगो बमोजिम दुई करोड ६१ लाख ५५ हजार एक सय ७५ हजार रुपैयाँ जरिवाना, क्षतिपुर्ती शुल्क १० लाख ४६ हजार दुई सय सात रुपैयाँ पीडित राहत कोषमा उपलब्ध गराई, दुई महिना १५ दिन कैद हुने ठहर भएको र सो पश्चात हालसम्म फरार रहेका प्रतिवादी उपाध्यायलाई कार्यालयबाट खटिएको प्रहरी टोलीले आईतबार काठमाडौंको नक्सालबाट पक्राउ गरी आईतबार नै फैसला कार्यान्यवनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको जनाएको छ ।

प्रतिक्रिया