सोमबार, वैशाख ३१, २०८१

सुनकाे भाउ सामान्य बढ्याे, चाँदीकाे स्थिर

नेपालखोज २०७९ असोज ३१ गते १०:४६

काठमाडौं । नेपाली बजारमा आज (साेमबार) सुनको भाउ बढेकाे छ भने, चाँदीकाे भाउ स्थिर रहेकाे छ । छापावाल सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९३ हजार ३ सय रुपैयाँ कायम भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि २ सय रुपैयाँले बढेको छ । तेजाबी सुन आज प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य भने स्थिर रहेकाे छ । चाँदी आज प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया