मुख्यमन्त्री शाहीले भने- प्रहरीलाई अब छिट्टै प्रदेश मातहत ल्याइन्छ

नेपालखोज २०७९ असोज ३१ गते २१:३३

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाल प्रहरीलाई प्रहरी प्रदेश मातहतमा ल्याउने गरी काम भइरहेको बताउनुभएको छ । नेपाल प्रहरीको ६७औँ प्रहरी दिवसका अवसरमा कर्णाली प्रदेश प्रहरी कार्यालयद्वारा सोमबार आयोजित विशेष कार्यक्रममा उनले नेपाल प्रहरी अब छिट्टै प्रदेश मातहत आउने बताएका छन् ।

नेपाल प्रहरीलाई प्रदेश मातहतमा ल्याउन केही ढिलाइ भइरहेको भन्दै उनले अब भने प्रदेश मातहतमा ल्याउन ढिलाइ नहुने बताए । नेपाल प्रहरी जनतासँग सँगै हुने भएकाले प्रहरीलाई जनताको पहिलो सारथि नेपाल प्रहरी नै रहेको मुख्यमन्त्री शाहीको भनाइ थियो ।

उनले कर्णालीमा आएको बाढीपहिरामा रातदिन नभनेर काम गरेको भन्दै नेपाल प्रहरीको प्रशंसा गरे । कार्यक्रममा मुख्यमन्त्री शाहीले अमर प्रहरी स्मारकमा पुष्पहार अर्पण गर्नुका साथै अमर प्रहरी परिवारलाई कदरपत्र र दोसल्ला ओढाएर सम्मानसमेत गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया