महानगरले भन्याे- बिनादर्ता व्यवसाय चलाए जरिबाना
नेपालखोज
२०७९ कार्तिक १ गते ८:३३

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र व्यापार व्यवसाय दर्ता गरेर मात्रै चलाउन महानगरले आग्रह गरेको छ ।
महानगरले एक सूचना जारी गर्दै महानगरले ३० दिनभित्र आफ्नो नजिकको वडा कार्यालयमा गई व्यवसाय दर्ता गर्न आग्रह गरेको हाे
महानगरपालिकाको अनुगमनका क्रममा व्यवसाय दर्ता नगरी व्यापार व्यवसाय गरेको पाइएमा काठमाडौं महानगरपालिका राजस्व ऐन, २०७५ को दफा ३४ को उपदफा (ग) बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिबानासमेत असुल गर्ने चेतावनीसमेत दिइएको छ ।

सम्बन्धित

प्रतिक्रिया