झापामा गोली चल्दा एक जनाको मृत्यु
नेपालखोज
२०७९ कार्तिक १ गते २१:४३

काठमाडाैं । झापाको गौरादह ८ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । गौरादह-८ मा ३५/३६ वर्षका विरन यादवले छिमेकमा बस्ने हेमराज शाहलाई गोली हानेर आफूले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घाइते उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लेनदेनको विवादमा बिरेनले गोली प्रहार गरेको र पछि आफूलाई पनि गोली हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
सम्बन्धित

प्रतिक्रिया