आइतबार, जेठ ६, २०८१

सेन्साईको ३ को झट्का योजनामा पहिलो विजेता घोषित

नेपालखोज २०७९ कार्तिक २ गते १३:४६

काठमाडौं । जापानमा इन्जिनियरिङ गरिएको नेपाली इलेक्ट्रोनिक्स ब्राण्ड सेन्साईले नेपालीहरुको चाड दशैं तिहार २०७९ लाई लक्षित गर्दै सार्वजनिक गरिएको सेन्साई ३ को झट्का नामक योजना अन्तर्गत सेन्साई ब्राण्डका कुनै पनि सामानको खरिदमा लक्की ड्र मार्फत बम्पर उपहारमा “आर १५ भिथ्री बाईक” र एप्पल आइफोन १३ का साथै एप्पल आइप्याड १०.२ जित्न सकिने छ ।

सोही योजना अन्तर्गत पहिलो लक्की ड्रको बिजेता सेन्साई ब्रान्डको आधिकारिक फेसबूक पेज मार्फत लाइभ घोषणा गरिएको छ । यस पहिलो लक्की ड्रको विजेता बिरगंज निवासी ‘अकलेश कुमार पटेल’ भएका छन। उनले एप्पल आइप्याड १०.२ जितेका छन् । उनले विरगन्जको आर.के ईलेक्ट्रोनिक्स् मार्फत सेन्साईको चेस्ट–फ्रीजÞर खरिद गरेका थिए सोही योजनामा लक्की ड्र मार्फत अझै पनि थुप्रै भाग्यशाली विजेताहरु घोषणा गर्न बाँकी नै रहेको छ ।

यो योजनाको लक्की ड्रमा सहभागी हुन ग्राहकले सेन्साईका कुनै पनि सामानको खरिदपश्चात अङ्ग्रेजीमा सेन्साई टाईप गरि आफ्नो नाम, ठेगाना र खरिद गरिएको सामानको वारेण्टी कार्ड नम्बर लेखि ३१००३ मा एस्.एम.एस् गर्नुपर्नेछ। कम्पनीले यो योजना अब केही दिनको लागि मात्र बाँकी रहेको जनाएको छ ।

सेन्साईले आफ्नो विभिन्न सामानहरुमा विभिन्न किसिमका वारेण्टीहरुका साथै फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ । नेपाल अधिराज्यभर सेन्साई ब्राण्डको आधिकारिक विक्रेता चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको छ ।

सिजी ईलेक्ट्रोनिक्सले सम्पूर्ण नेपाली ग्राहकहरुलाई सिजी डिजिटल शोरुम तथा आफ्नो फराकिलो विक्रेता सञ्जाल मार्फत उत्कृष्ट सेवा र अनुभव प्रदान गर्दै आएको छ । कम्पनीका सिजी डिजिटल शोरुमहरु काठमाडौं भित्र टङगाल, कुमारीपाटी, भक्तपुर राधे राधे, किर्तिपुर, रविभवन, हातिगौडा, त्रिपुरेश्वर, नयाँ बजार, बसुन्धारा, जोरपाटी र काठमाडौं बाहिर इटहरी, हेटौंडा, भरतपुरमा रहेका छन् ।

प्रतिक्रिया