सशस्त्र प्रहरी महानिरीक्षक अर्यालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा कार्तिक २ गते आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका बंशीराज दाहाललाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार मन्त्रिपरिषद्को असोज २८ गतेको निर्णयले उनी सशस्त्र प्रहरी नायव महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले कुनै पनि संगठनमा सेवारत रहँदा पदोन्नती महत्वपूर्ण रहने बताउँदै बढुवासँगै थप भएको पदीय दायित्व पूर्ण व्यवसायीक र जिम्मेवारीका साथ निर्वाह गर्न निर्देशन दिए ।
उनले सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई इमान्दार, कर्तव्यनिष्ठ भई देश र आम नागरिकको सेवा र सुरक्षामा क्रियाशिल रहनुका साथै नेपाल सरकारले सशस्त्र प्रहरी बल, नेपाललाई सीमा सुरक्षामा डेडिकेटेड फोर्सको रुपमा परिचालन गर्ने नीति अनुरुप देशको सीमानाको रेखदेख, सीमा अपराध नियन्त्रण, अवैध चोरीपैठारी तथा राजश्व चुहावट नियन्त्रणमा आवश्यक योजनासहित उत्कृष्ट ढंगले कार्यसम्पादन गर्न समेत निर्देशन दिए ।

प्रतिक्रिया