प्लास्टिकका फूल बेचे १ लाख जरिवाना

काठमाडौं । सरकाले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न पूर्णरूपमा रोक लगाएको छ ।
वन तथा वातावरण मन्त्रालय वातावरण विभागले एक सूचना जारी गर्दै प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारण गर्न प्रतिबन्ध गरिएको र बिक्री वितरण गरेमा १ लाखसम्म जरिवाना लगाइने जनाएकाे छ । सूचनामा गत साउन १२ गते नेपाल राजपत्रमा सूचना निकालेर सोही मितिदेखि प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण पूर्ण रूपमा रोक लगाउने निर्णय भएको उल्लेख छ ।
‘नजिकिँदो तिहार र छठ जस्ता चाड पर्वहरूमा यस्ता प्लास्टिकजन्य फूल, माला तथा अन्य सामग्रीको प्रयोग नगर्नुहुन सम्बन्धित सबैमा अनुरोध छ’, सूचनामा भनिएकाे छ वातावरण विभागको अनुगमनका क्रममा नेपाल सरकारको उक्त निर्णय विपरीत कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा ९४० को खण्ड (क) वा (ख) बमोजिम वातावरण निरीक्षकबाट १५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा (२) बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’


प्रतिक्रिया