बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ १९ पैसा, बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा

नेपालखोज २०७९ कार्तिक ३ गते ८:३३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३३ रुपैयाँ १४ पैसा रहेको छ ।

त्यस्तै, युरो एकको खरिददर १२९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३० रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १४९ रुपैयाँ १९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८६ पैसा रहेको छ भने बिक्रीदर ८ रुपैयाँ ९० पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ रहेको २८ पैसा रहेकाे छ भने, बिक्रीदर ३५ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया