आइतबार, जेठ ६, २०८१

डिशहोम रिचार्ज गर्दा राजन दाहालले जिते १ लाख

नेपालखोज २०७९ कार्तिक ३ गते १२:१८

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनगर, सखुवाघाटका राजन दाहालले जिते नगद एक लाख जितेका छन् ।

अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाइने भएको छ । यो योजना अन्तर्गत डिशहोम डि.टि.एच.का ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने बताइएकाे छ ।

साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् । यसै क्रममा जितपुर सिमरा उप-महानगरपालिका वार्ड नं-१६ महान्द्रनग, सखुवाघाटका निवासी राजन दाहालले रु एक लाख जितेका छन् ।

श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्स हेटौँडा को डिलर अन्तर्गत रहेको बारा, सखुवाघाटका सह—बितरक गीता इन्टरप्राइजका डिलर दाई राजेश थापा मगरको मा एक वर्ष रिचार्ज गरेर दाहालले लक्कि ड्रमा सहभागी हुने अवसर पाएका थिए ।

डिशहोमको तर्फबाट एरिया सेल्सम्यन्जेर सन्जकार्की, सेल्स अफिसर गौरव घिमिरे ,श्लोक इलेक्ट्रोनिक्स सप्ल्यार्सका शिवराम श्रेष्ठबाट जितेकाे पुरस्कार रकम हस्तान्तरण गरेका थिए । विजेता दाहाललाई बधाई दिँदै सम्पूर्ण डिशहोम डि.टि.एच.का ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने विश्वास कम्पनीले लिएको छ ।

लक्की ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टि.भी., रमाईलो एच.डी., सरोकार टि.भी., नेपाः च्यानल, र डिशहोम सोकेसमा हेर्न सक्ने बताइएकाे छ ।

प्रतिक्रिया