‘मसँग फोनमा कुरा गर्न तयार हो नी ?’

नेपालखोज २०७९ कार्तिक ३ गते १३:१७

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आफूसँग फोनमा कुराकानी गर्नका लागि एक लाख ७१ हजार बढीले नाम र नम्बर टिपाएको बताएका छन् । ओलीले सामाजिक संन्जाल फेसबुकमा एक स्टाटस लेख्दै उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद दिएका छन् ।

उनले भने, ‘मसँग कुरा गर्न आज दिउँसो १२ बजेसम्म १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाउनु भएको छ । यो उत्साहपूर्ण सहभागिताका लागि मुरीमुरी धन्यवाद । भोलि हाम्रो कुराकानी हुनेछ। हामी तयार छौं निरु ।’

धेरै सहभागिता भएकाले आज १२ बजेपछि नाम टिप्न बन्द गरिएको सचिवालयले जानकारी दिएको अध्यक्ष ओलीले बताए । दुई दिनमा १ लाख ७१ हजार ७ सय ८३ जनाले नाम र नम्बर टिपाएको उनले फेसबुकमार्फत् जानकारी गरएका हुन् ।

प्रतिक्रिया