‘जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरु छाति फुलाएर हिँडेका छन् ।’
नेपालखोज
२०७९ कार्तिक ३ गते १४:१३

काठमाडौं । राप्रपा नेपालका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले हास्य कलाकार सिंहमाथि ज्यादती भएको बताउँदै यसलाई समाजमा सद्भाव कमजोर भएको घटनाको रुपमा उल्लेख गरेका छन् ।
उनले भने, ‘जातीय भावनारसद्भाव कसरी कमजोर हुँदैछ भन्ने कुराको ज्वलन्त उदाहरण हो, ‘स्ट्यान्डअप कमेडियन’ अपूर्व क्षितिजको घटना । जातीय विद्वेष फैल्याउने, सद्भाव विखण्डित पार्नेहरू आज छाति फुलाएर, नेता भएर हिँडेका छन् । अपूर्व क्षितिजले माफी मागि सके। युट्युबबाट कमेडी हटाइसके। तैपनि उनीमाथि यो ज्यादती१ अति नगरौँ । समाज यसरी विग्रियो भने त्यसको रापमा हामीरहाम्रै सन्तान खरानी हुनेछन्, अन्य कयौँ देशमा जस्तै।’
सम्बन्धित

प्रतिक्रिया