झिनो अंकले घट्यो नेप्से, ५० करोडको कारोबार

काठमाडौं । नेप्सेमा झिनो अंकले गिरावट आएको छ । अघिल्लो दिन दुई दशमलव ६६ अंकले घटेको नेप्से साताका अन्तिम कारोबार दिन आज (बिहीबार) पुन: एक दशमलव ३८ अंकले घटेर १८ सय ४४ दशमलव १४ अंकमा झरेको छ । सेन्सिटिभ इन्डेक्स भने आज शून्य दशमलव शून्य नौ अंकले बढेर तीन सय ६३ दशमलव पाँच अंकमा चढेको छ ।
दुई सय २१ वटा कम्पनीहरुको १७ हजार दुई सय ९६ पटकको कारोबारमा १५ लाख ४६ हजार आठ सय ५७ कित्ता सेयर खरिद-बिक्री भएकोमा कुल कारोबार रकम ५० करोड ७६ लाख ८९ हजार पाँच सय ६१ रुपैयाँ पुगेको छ ।
नेप्सेमा बिहीबार १३ वटा समुहको कारोबार भएकोमा तीन वटा समूहको सूचक बढेर १० वटा समूहहरुको सूचक घटेका छन् । योमध्ये विकास बैंक समूहको सूचक आठ दशमलव आठ अंकले बढेर तीन हजार तीन सय एक दशमलव ७० अंकमा चढेकोमा टे«डिङ र लगानी समूहहरुको सूचक पनि बढेका छन् । वाणिज्य बैंक समूहको सूचक भने शून्य दशमलव शून्य नौ अंकले घटेर १३ सय १० दशमलव १७ अंकमा झरेको छ ।
जलबिद्युत समुहको सुचक पनि १० दशमलव सात अंकले घटेर १८ सय ९६ दशमलव ६० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि ३१ दशमलव ११ अंकले घटेर सात हजार चार सय आठ दशमलव ४५ अंकमा झरेको छ । जीवन बिमा समूहको सूचक पाँच दशमलव ७५ अंकले घटेर आठ हजार ६ सय ४४ दशमलव ११ अंकमा झरेको छ । यि बाहेक फाईनान्स, होटेल तथा पर्यटन, उत्पादनमुलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज सयपत्री हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ दशमलव ९७ प्रतिशतले बढेर दुई सय ५९ रुपैयाँ १० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुंदा सेञ्चुरी कर्मसियल बैंकको ऋणपत्रको प्रतियुनिट सेयर मूल्य सात दशमलव ७३ प्रतिशतले घटेर आठ सय ५१ रुपैयाँ ३० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज अभियान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता आठ सय ३० रुपैयाँ २० पैसा अन्तिम मूल्यमा तीन करोड ६९ लाख ५२ हजार नौ सय एक रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।








प्रतिक्रिया