चाडको राजधानीमा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा पाँचको मृत्यु
नेपालखोज
२०७९ कार्तिक ३ गते १९:०९

एनद्जमेना । सत्तारूढ सेना विरुद्ध प्रदर्शनका क्रममा चाडको राजधानीमा प्रदर्शनकारी र प्रहरी बीच झडप हुँदा बिहीबार पाँच जनाको मृत्यु भएको छ । सेनाले सुरुमा सत्ता हस्तान्तरण गर्ने वाचा गरेको मिति स्मरण गर्दै प्रदर्शनकारी व्यापक प्रदर्शनमा निस्किएका थिए ।
एएफपी संवाददाताले शहरको युनियन चागौवा अस्पतालको भुइँमा पाँचवटा शव देखेको र तीमध्ये दुईवटा चाडियन राष्ट्रिय झण्डाले ढाकिएको र तीनवटा रगतले लतपतिएको सेतो चादरले ढाकिएको अवस्थामा देखेको बताएका छन् ।
अस्पतालका प्रमुख चिकित्सक जोसेफ एम्पिलले एएफपीसँग कुरा गर्दै पाँच व्यक्ति “गोलीबाट मारिएको पुष्टि गरेका थिए । सहरका केही भागहरूमा कालो धुवाँको मुस्लोको दृष्य र अश्रुग्यास ग्रेनेडको क्र्याक आवाज सुनिएको पत्रकारले उल्लेख गरेका छन् ।
सम्बन्धित
प्रतिक्रिया