सिभिल बैंकको पहिलो त्रैमासिक नाफा ४१ करोड ५० लाख

काठमाडौं । सिभिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४१ करोड ५० लाख ९१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा २९ करोड १८ लाख ४९ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी नौं अर्ब सात करोड ५८ लाख ४४ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको पहिलो त्रैमासमा ९२ अर्ब ५९ करोड ७५ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ७७ करोड ८२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा एक अर्ब १५ करोड २९ लाख २८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ३२ प्रतिशत स्प्रेड दर रहेको बैंकको वितरणयोग्य नाफा भने ८६ करोड तीन लाख १५ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले ९४ अर्ब ४९ करोड नौं लाख ७१ हजार रुपैयाँ निक्षेप संकलन गरी ८३ अर्ब ४२ करोड ४२ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा ७१ करोड सात लाख ७९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ९६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर तीन दशमलव २९ प्रतिशत रहेको थियो ।








प्रतिक्रिया