एनएमबि बैंकको पहिलो त्रैमासिक नाफा ९० करोड ४१ लाख

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा ९० करोड ४१ लाख ३४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने बैंकको यस्तो नाफा एक अर्ब चार करोड ४४ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख छ हजार रुपैयाँ रहेको बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक खर्ब ८० अर्ब ६९ करोड ६२ लाख ६३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब ७१ करोड ३७ लाख ६६ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा दुई अर्ब पाँच करोड ४२ लाख रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ९० प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा तीन दशमलव ७९ प्रतिशत कर्जा निष्क्रिय रहेको बैंकको वितरणयोग्य नाफा भने दुई अर्ब २३ करोड ३१ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
गत आवको सोही अवधिमा भने बैंकले एक खर्ब ८४ अर्ब ८१ करोड ७१ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७५ अर्ब ६२ लाख ९५ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा एक अर्ब ४२ करोड २० लाख ५५ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा एक दशमलव ८५ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने तीन दशमलव शुन्य नौ प्रतिशत स्प्रेड दर रहेको थियो ।

प्रतिक्रिया