यस्तो छ आजको मौसम पूर्वानुमान

नेपालखोज २०७९ कार्तिक ८ गते ६:२८

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको तथा भारतको उत्तर प्रदेशको आसपासमा न्यून चापीय क्षेत्र पनि अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश १ मा आंशिक देखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै आज राती प्रदेश १ र वागमती प्रदेशमा आंशिक देखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का थोरै स्थानहरु र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया