आपसी एकता कायम हुने प्रदेश प्रमुखको विश्वास

नेपालखोज २०७९ कार्तिक ८ गते २१:३१

कर्णाली । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा शुभकामना सन्देश दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य र दीर्घायुको कामना गरेका छन् ।

प्रमुख परियारले सन्देशमा भनेका छन्, ‘यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा पशुपंछी र वनस्पतिलाई सम्मानस्वरुप प्रत्येक नेपालीको घरघरमा काग तिहारको दिनबाट सुरू भएर क्रमशः कुकुर तिहार, गाई तिहार तथा लक्ष्मीपूजा, गोरु तिहार एवं गोवद्र्धन पूजा र भाइटीका लगाउने परम्परा रहिआएको छ । तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ दिदिबहिनीका बीचमा आपसी स्नेहलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।’

उनले देउसीभैलो खेल्ने सांस्कृतिक परम्पराले आपसी मेलमिलाप भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बन्ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया