शनिबार, जेठ ५, २०८१

१६ संक्रमित थपिए, ३५ जना डिस्चार्ज

नेपालखोज २०७९ कार्तिक ९ गते १६:४६

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर १६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका १,११७ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।

५५४ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा र ५६३ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३५ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ६४१ पुगेको छ ।

प्रतिक्रिया