‘यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झण्डा गाड्नु छ’

नेपालखोज २०७९ कार्तिक ९ गते १०:००

काठमाडौं । राप्रपाकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य उम्मेदवार कुन्तीदेवी पोख्रेलले यसपटक काठमाडौं क्षेत्र नं. २ मा राप्रपाको झन्डा गाडेरै छाड्ने ठोकुवा गरिन् । उनले आज बुधबार बानेश्वरमा आयोजित दीपावलीको शुभकामना आनप्रदान तथा देउसीभैलो कार्यक्रमा यस्तो बताएकी हुन् ।

पोख्रेलले आगामी मंसिर ४ मा हुनगइरहेको आमनिर्वाचनको लागि काठमाडौं क्षेत्र नं. २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी छन् । उनले हिन्दूहरुको धर्म, संस्कार, संस्कृति, रितिरिवाजको रक्षाको लागि आयोजित देउसीभैलो कार्यक्रम अत्यन्तै सान्दर्भिक रहेको बताइन् । पोख्रेल गोठाटार, कागेश्वरी, साँखु, थलीमा आयोजित देउसीभैलो कार्यक्रमलाई सम्बोधन गर्दै बानेश्वर आइपुगेकी हुन् । आगामी आमनिर्वाचनमा आफ्नो उम्मेदवारी यसैका निम्ति रहेकाले पनि सहयोग गर्न सबैलाई आग्रह गरिन् ।

त्यस्तै, काठमाडौं २ मा राप्रपाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी कुन्तीदेवी पोखरेलले पटक–पटक सत्तामा पुग्दा पनि काम नगर्नेले ‘टुरिष्ट’ उम्मेद्वारले फेरि काठमाडौं २ का जनता झुक्याउन खोजेको भन्दै आपत्ति प्रकट गरेकी छिन् । पोखरेलले काठमाडौंको थलीमा शुभदीपावलीको अवसरमा आयोजित शुभकामना आदनप्रदान तथा देउसीभैलो कार्यक्रममा यस्तो बताएकी हुन् । चुनावैपिच्छे क्षेत्र परिवर्तन गर्दै हिड्ने ‘टुरिष्ट’ उम्मेदवारले विकास र समृद्धिका नाममा काठमाडौं २ जनता फेरि झुक्याउन खोजेको पोख्रेलको आरोप छ ।

उनले बाहिरबाट आयातित त्यस्ता उम्मेदवारलाई काठमाडौंको विकास र समृद्धिमा चिन्ता नगरी आफ्नै थातथलोको विकास गरेर देखाउन चुनौती दिएकी छन् । पोख्रेलले नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादीको सरकारले यसअघि गरेका विकासे काम जनताले देखिसकेकाले अब झुक्याउन नसक्ने पनि जिकिर गरिन् ।

‘मैले चुनाव जितौं अथवा हारौं तर काठमाडौं क्षेत्र नं. २ को विकास निर्माणका काम गरेर देखाउँछु,’ पोख्रेलले प्रतिवद्धा जनाइन् । ‘त्यसको लागि राप्रपाको हलो चिन्हमा भोट दिई मलाई जिताउनुहोस्, तपाईहरुको सुखदुःखमा सधैं कुन्तीको साथ रहने छ,’ उनले आग्रह गरिन् ।

प्रतिक्रिया