किन सतीले सरापेको देश भनिन्छ ?

सती शब्द नितान्त संस्कृत शब्द हो, यसको शाब्दिक अर्थ ‘असल पत्नी’ हुन्छ । प्राचीन हिन्दू समाजमा खासगरी राजा महाराजाहरूमा मरेका पतिसँगै जीवित जल्ने नारीलाई ‘सती’ र त्यस्तो प्रथालाई ‘सतीप्रथा’ भनिन्छ। यो प्रथा कहिलेदेखि चल्यो भनेर अहिलेसम्म कोही जानकार छैनन् । हिन्दूधर्मका प्राचीन ग्रन्थहरूमा सतीप्रथाको वर्णन पाइन्न तर केही ठाउँमा चर्चा भने भएको पाइन्छ तर, त्यसबेला सती जान बाध्यात्मक थिएन। जङ्गबहादुर राणाले वि.सं. १९१० मा नेपालमा पहिलो पटक मुलुकी ऐन जारी गरी सतीप्रथा न्यूनीकरणमा सघाएका थिए। तर उनको मृत्यु हुँदा उनका केही रानीलाई सती पठाइएको इतिहास छ।
किन सतीले सरापेको देश भनिन्छ ?
मल्ल वंशको सबैभन्दा शक्तिशाली राजा प्रताप मल्ल हुन् । उनले ३३ वर्ष (वि.स.१६९८-१७३१ ) शासन गरेका थिए । उनले आफ्ना बाबु लक्ष्मीनर सिंहलाई बन्दी बनाएर आफू राजा भएको इतिहास छ । उनले काजी भीम मल्लको सहयोगबाट गद्दी हत्याएका थिए । तर पनि पछि उनले काजी भीम मल्ललाई काट्न आदेश दिएका थिए । भीमको हत्यापछि उनको श्रीमती सती जानुपर्यो । उनी सती जाँदा श्राप दिएकी हुँदा ‘सतीको श्राप पाएको नेपाल’ भन्ने लोककथन बनेको हो ।

प्रतिक्रिया