२८ वर्ष कांग्रेसको राजनीति गरेका वीरगञ्जका नेता साह जसपा प्रवेश

वीरगञ्ज । विगत २८ वर्षदेखि नेपाली कांग्रेसको सकृय राजनीति गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ का प्रमोद प्रसाद साह, जसपमा प्रवेश गरेका छन् । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य उम्मेदवार एंव पूर्वमन्त्री प्रदीप यादवको पहलमा साह काँग्रेस छाडेर जसपामा प्रवेश गरेका हुन् ।
कांग्रेसका कृयाशील सदस्यसमेत रहेका साह, बिहीबार जसपामा प्रवेश गरेका हुन् । बिहीबार एक अनौपचारिक कार्यक्रममा पूर्वमन्त्री यादवले साहलाई गम्छा ओढाएर पार्टीमा स्वागत गरे ।
कांग्रेस विपीको सिद्धान्त र विचारबाट विचलित भएको तथा काँग्रेसका नेताहरु पनि पार्टीको नीति, विचार र सिद्धान्त बिर्सिएर व्याक्तिगत स्वार्थमा लिप्त भएकाले त्यस्तो पार्टीमा बस्न नसक्ने ठहर गर्दै आफुले कांग्रेस परित्याग गरेको साहले बताए ।
अहिलेको परिवेशमा मधेस र मधेसीको हकहितमा लड्ने एक मात्र पार्टी जसपा नै भएकोले आफुले जसपा रोजेको उनले बताए ।

प्रतिक्रिया