सोमबार, वैशाख २४, २०८१

कोरोना कम नभएसम्म जनपरिचालनको जिम्मा प्रचण्डलाई

नेपालखोज २०७८ माघ ८ गते १२:०७

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ ।

आज (शनिवार) पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा बाँकी रहेका संगठनात्क काम टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

महराले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको जनाए ।

नेता महराले बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको प्रष्ट पारेका छन् । अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविह?को रायअनुसार कानूनविद्सँग छलफल गरेर निस्कर्षमा पुग्ने महराको भनाइ छ ।

प्रतिक्रिया