दक्षिणी फिलिपिन्समा आएको बाढीमा परी कम्तीमा तेह्रको मृत्यु

नेपालखोज २०७९ कार्तिक ११ गते १४:२२

मनिला । दक्षिणी फिलिपिन्सको मागुइन्डानाओ प्रान्तका कैयौं शहरहरुमा रातभरी परेको भीषण वर्षाका कारण शुक्रबार कम्तीमा १३ जनाको मृत्यु हुनुको साथै अन्य धेरै बेपत्ता भएका स्थानीय अधिकारीहरले जानकारी दिएका छन् ।

भीषण बाढीको कारण आएको पहिरोमा परी तेह्र जनाको मृत्यु भएको मागुइन्डानाओ प्रान्तको प्रकोप नियन्त्रण र व्यवस्थापन कार्यालयकमा प्रमुख नुरुउल्लाह इमामले पुष्टि गरेका छन् ।

फिलिपिन्समा मुख्यतया प्यासिफिक रिंग अफ फायर र प्यासिफिक टाइफुन बेल्टमा यसको स्थानको कारण विश्वको तुुलनामा यस्ता प्रकोपहरु आउने गरेका छन् । औसत रुपमा यस देशमा वार्षीक बीस ओटा टाइफुनहरु आउने गरेका छन् । ती मध्ये केही तीव्र र विनाशकारी रहेका जनाइएको छ ।

प्रतिक्रिया