आज देशभर मौसम सफा रहने

नेपालखोज २०७९ कार्तिक १५ गते ७:४२

काठमाडौं । हाल (मंगलबार बिहान) देशभर मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

महाशाखाका अनुसार आज राति पनि देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी देशका मौसम सामान्यतया सफा रहनेछ । प्रदेश नं १, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

प्रतिक्रिया