शुक्रबार, चैत १६, २०८०

राष्ट्रपतिको भ्रमण र संग्रौलाको टिप्पणी

फेसबुकमा लेखक खगेन्द्र संग्रौला लेख्छन्

नेपालखोज २०७९ चैत १५ गते १४:११

काठमाडाैं । राष्ट्रपति रामचन दा पशुपतिनाथ,गाेरखनाथ,कुमारी आदिकाे दर्शन र पुजनकाे दाैडाहामा व्यस्त र मस्त । यी मान्यवर पनि धर्मनिरपेक्ष र जातनिरपेक्ष राष्ट्रका साझा राष्ट्रपति नभई धर्म र जातिशेषका राष्ट्रपति हुने भए । हिजाेका एकपक्षीय हिन्दु राजाजस्तै ! जुन जाेगी आए नि कानै चिरेकाे, झाेलै भिरेकाे !

अब हेरौं संग्रौलाको स्टाटसमा आएका प्रतिक्रियाहरु :

धर्मनिरपेक्षता,गणतन्त्र र संघीयताको फर्जिवाडाले काम गरेन ।
रमेश न्यौपाने

मिसनरी ठर्रा व्हास्सै आयो नी काका ।
भट्टराई बिनोद

हिन्दु राष्ट्रपति हुन, अलिकति प्राथमिकता मठमन्दिरलाई पर्नु स्वभाविक नै हो नि काका ..रह्यो कुमारी दर्शन लगायत अन्य औपचारिक समारोहका त्यो नेपालको एतिहासिक परम्परा र धरोहर हो ….तिनलाई धर्मनिरेपक्ष र गणतन्त्रको नाममा बिस्थापित गर्ने आँट कसको ? अन्य धर्मावलम्बिको आस्थाका धरोहरको पनि राष्ट्रपतिले सम्मान गर्नु पर्छ , त्यो त जायज हो तर तपाई यस्तै समाज बिथोल्ने गतिबिधी उब्जाएर नै आनन्द लिनमा तल्लिन हुनुहुन्छ ।
अर्पण राज खरेल

प्रचण्डभक्त रास्ट्रपतिको संविधान विपरीत काम ।
महेश्वर राज बज्राचार्य

व्यक्ति धर्मनिरपेक्ष हुन्छ र ? कृश्चियनका प्रचारकहरु हिन्दु शब्द सुन्नेबित्तिकै बौलाउदै छन्।
ध्रुव पण्डित

विदेशि हुस्कीको गन्ध आयो मान्यवरमा, आफ्नै देशको देउता ढोग्दा पनि कति उछित्तो गरेको ? मान्यबरलाई नेपाली तिन पानिको व्यवस्था गरिदेउ सरकार ।
शिव कँडेल

राजा फेर्या न हो । उहाँले सिक्ने र गर्ने त्यही हो, जो सनातन छन् ।
निर्मल नारायण

यी, यस्को पिँध मा खुर्सानी लागिसकेछ । चर्चहरुमा गएको भए तारिफ गर्थ्यो यो डलरे किर्नोले ।
विस्नु पान्डे

युरोपियन युनियनको बफादार कार्यकर्ताको जिम्मेवारी इमानदारीताका साथ पालना गर्नुभएकै छ संग्रौला दाईले ।
निर्मल राज रेग्मी

‘बा’को व्यक्तिगत विश्वास जेमा भए पनि आपत्ति भएन तर एउटा गरीमामय राष्ट्रपतिकाे संस्थाले यस्तो गर्नु अलि सुहाउँदो भएन की ? त्यहीँ संविधानले परिकल्पना गरेको धर्मनिरेक्षता उन्लघन गर्न मिल्छ ? वा एउटा समुदाय र धर्ममा विश्वास राख्नेहरुको मात्र राष्ट्रपति पक्कै हुनुहुन्न वा सिङ्गो देशकै राष्ट्रपति हुनुहुन्छ तर उहाँको हर्कतले यहीँ देखाउँछ कुनै एक धर्म वा समुदाय को मात्र राष्ट्रपति हुनुहुन्छ । जहाँ सिङ्गो देश देखिनु पर्नेमा खुम्चिन खोज्दै हुनुहुन्छ ! कमसे कम सार्वजानिक जीवन बिताउने क्रममा यस्ता हर्कतले राम्रो सन्देश जादैन र तपाईंको व्यक्तिगत जीवन जसरी बिताउनु हुन्छ त्यो हामीलाई सरोकार पनि रहँदैन ।
उपेन्द्र गुरुङ

राष्ट्रपतिको हैसियतले धार्मिक भ्रमणमा जानु धर्म निरपेक्षताको उपहास गर्नु हो ।
रजनिस सिंह

कुलनघारहरु लाई धर्म चाहिँदैन । हामी लाई त चाहिन्छ ।
रविन दाहाल

बाँदरको हातमा नरिवल जस्तै भयो रामचन्द्र दादालाई ।
डिल्लीराम अर्याल

त्यसो भए आइएनजिओका व्यवसायिले दिएको होलिवाइन पिउदै हिड्नु पर्ने हो ? बुढा ।
जनक घिमिरे

तपाईको स्टाटसमाथि आलोचना गर्न झुर शब्द भेट्न सकिन । नेपालमै बसेर नेपालीको साँस्कृतिक धार्मिक धरोहरमाथि प्रहार गर्न छुट छैन, महासय ।
चन्द्रज्योती सुवेदी

आफ्नो धर्म संस्कृतिको सम्मान गर्नु राष्ट्र
प्रमुखको मुख्य भुमिका हो ।
राम प्रसाद रेग्मी

तिमीलाई अर्का खोइरो खन्नु बहाएक केही
आउदैन । नेपालमा ८१. ३ प्रतिसत हिन्दु छन भन्ने थाहा छ कि छैन ।
राजन देवकोटा

आफ्नो आस्था अनुरूप त मान्न पाईन्छ होइन र ! धर्म निरपेक्ष भए पनि !
चन्द्र गुरुङ

हो हो गलतलाई त ठोक्नै पर्छ तर रचनात्मक तरिकाले ।
पुष्कर चलाउने

मर्ने बेलासम्म जे कुरामा पनि नकारात्मक
भैहाल्ने तपाईको प्रबृद्दि नि अजिबको छ ।
बद्री अधिकारी

घ्याम्पे हान्न तिमी संग आउनु पर्ने अन्तै गएछन् बुढा !!
बिनोद सुवेदी

जात निरपेक्ष खोज्नु भएको हो भने कृपया सङ्ग्रौला लेख्न छाड्नुहोस् । कमसेकम शुरुवात आफूबाट गर्नुहोस् । हजुर जस्ता सिकाउने मान्छेमा करनी र कथनीमा सधैँ विरोधाभास नदेखियोस् न ।
केशव राज

तपाईंको सोचाइ नै क्या ? साह्रो नकारात्मक । राष्ट्रपतिको पनि आफ्नो व्यक्तिगत आस्था र विश्वास त होला नि ? कि सबै तपाईं जस्तै नास्तिकको नाममा सँस्कृतिविहिन हुनुपर्ने हो ?
नारायण रेग्मी

मन्दिर, गुम्बा, धार्मिकस्थल घुमेको किन यति धेरै खोइरो खनेको ???
मोहन कृष्ण खरेल

तपाईं बुढो हुनु भएछ साथै तपाईंको बुद्धि नि त्यतिकै खिइएर गएछ । धर्म निरपेक्ष रास्ट्र भन्दैमा आफ्नो मौलिक संस्कृति भेषभुसा नि बिर्सनु पर्ने ?
पदम सिंह धामि

दुनियाँमा धर्मनिरपेक्ष भन्ने चिजै हुदैन ए बुढा । हुन्थ्यो भने किन अमेरिकामा रास्ट्रपति क्रीस्चियन नै हुनुपर्ने ? भरतमा मोदिजी र योगि आदित्यनाथ के गर्दैछैन देख्दैनौ ? सुन्दैनौँ ? नेपाल लाई चाहिँ कस्तो बनाउनु पर्ने ? गणतन्त्र का ठेक्केदार ।
बिमल शर्मा दाहाल

भगवान छन् या छैनन् यो बहसको विषयमा आ- आफ्नो बिचार होला तर धर्ममा आस्था राख्ने ठुलै समूह छ उहाँहरुको अस्तित्व र आस्थालाइ अनादर गर्नै पर्छ भन्ने पनि हुन्न होला नि ।
राजु दाहाल

खगेन्द्र मान्यवर जहिले पनि की त झ्याप हुन्छन कि अर्धनिन्द्रा मै हुन्छन् र यस्ता कुरा लेख्छन् !!!
सुरेश भुषाल

गणेशथान को ठर्‍रा अलि कडै परेछ कि के हो ?
सुजन गौतम

राष्ट्रपति भएपछि अधर्मी हुनुपर्ने हो र ?
गणेश पौडेल

मेरो पनि कुरो यहि हो । पौडेल बूढा अहिलेसम्म पनि बेहोस छन् । खासमा म कहाँ छु भन्ने उनलाइ नै थाहा छैन् । उनी निन्द्रामै छन् । उनलाइ म धर्मनिरपेक्ष देशको रास्ट्रपति हुँ भन्ने सम्मको जानकारी छैन् ।
रतन तिरुवा

व्यक्तिगत रुपमा उनले उनको धर्म मानुन् धेरै उग्रवामपन्थी पनि ठिक होइन यार !
नन्दु रोका मगर

युरोपेली युनियनको जाँड बोल्यो । यस्ता त नागरिक समाजका वरिष्ठ छन् । कता जानुपर्ने त ? भ्याटिकन की मक्का ? जाबो दुई छाक खान पनि आफ्नो मौलिकता धरौटी राख्नुपर्ने जैरे लेखक कै कुरा ठुला ।
आरके शर्मा

आफ्नो आस्थाको मन्दिर जान नहुने हो ?
पूरूषोत्तम पन्त भारद्वाज

चर्च गएको भए तिम्रो आत्माले शान्ति पाउथ्यो ।
एनबि डाँगी

आफ्न धर्म संस्कारको छुट दिनुपर्ने हुन्छ नि ।
इन्द्र तिम्सिना

भाकल थियो नी, पूरा गर्नु परेन ?
राजेश

सनातनी हिन्दु राज्यमा बङ्गुरको सुकुटी सङ्ग झोल खानी थर मात्रको बाहुन भन्दा पशुपतिनाथ जाने धर्मका पालक राष्ट्रपति रामचन्द्र धेरै ठिक छन ।
नवराज सापकोटा

काकाजिका बखम्म्फुसे गफ मन नपर्ने म मात्र हो कि अरु नि कोहि हुनुहुन्छ ? कुनै स्वाद बिनाका पो लाग्न थाले त अचेल ।
बिस्नु गिरि

हिजो पनि उ पशुपति जान्थ्यो आज पनि गयो र भोलि पनि जान्छ भने के उस्ले राष्ट्रपति हुनै नपाउने ? तपाईंको सोच गलत छ मान्यवर, सोझा लाई भड्काउने खेती बन्द गर्नुस ।
मनोज ढकाल

यी काका गाली गर्न लायक पनि छैनन्
त्यसैले म चुपचाप बसेको छु ।
हिम कुमार

राष्ट्रपति भए पछि आफ्नो धर्मप्रतिको आस्था त्याग्नु पर्ने हो र ? हिन्दु मन्दिर जान्छ, कृस्चियन चर्च जान्छ, मुस्लिम मस्जिद जान्छ , यो स्वभाविक हैन र ????
उमेश घिमिरे

होइन हिन्दुले चैँ आफ्नो धर्ममा आस्था राख्नै नहुने भन्ने हुन्छ ?
विजय तिमिल्सिना

धर्म कर्म गर्नु नराम्रो हो र ? किन मन्दिर जान
हुँदैन र ?
प्रकाश बानियाँ

प्रतिक्रिया