तोसिमाको उम्मेदवारी खारेज नगर्न सर्वोच्चकाे अन्तरिम आदेश
नेपालखोज
२०७९ कार्तिक १५ गते १८:४२

सर्वोच्च अदालतले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश दिएकाे छ ।
शनिबार आयोगले मेडिकल काउन्सिलको सदस्य पदमा रहेको र उत्त पद लाभको पद भएको दाबी गर्दै कार्कीको उम्मेदवारी रद्द गरेको थियो ।
उक्त निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको एकल इजलासले मंगलबार उम्मेदवारी कायम गर्न अन्तरिम आदेश दिएको हो ।



सम्बन्धित

प्रतिक्रिया