बारामा विकासको बहार ल्याउँछु : किसान श्रेष्ठ

नेपालखोज २०७९ कार्तिक १६ गते ११:१८

बारा । पूर्वमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठ (किसान) ले बारा जिल्लामा विकासको बहार ल्याउने प्रतिवद्धता जनाएका छन् ।

बाराको परवानीपुरमा आयोजित वृहत्त पार्टी प्रवेश कार्यक्रममा नेता श्रेष्ठले बृहत् समृद्धिको सम्भावना भएर पनि अपेक्षित विकास हुन नसकेको बारा जिल्लाको समग्र विकासका लागि आफूले नेतृत्व लिने बताए ।

बाम लोकतान्त्रिक गठबन्धनबाट बारा–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका श्रेष्ठले बारामा राष्ट्रिय महत्वका परियोजनाहरु आफुले अघि बढाउने प्रतिवद्धता जनाएका थिए । करिडोर व्यवस्थित बनाउने, रोजगारी सिर्जना गर्ने, सिंचाइ सुविधा पुर्याउने, कृषिको आधुनिकिकरण गर्ने जस्ता योजना समेत रहेको उनले बताए । सो अवसरमा नेकपा एमालेका नेता रामेश्वर पटेल नेतृत्वमा ३ सयजना नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका थिए ।

गत स्थानीय निर्वाचनमा परवानीपुर गाउँपालिकाका अध्यक्षका प्रत्यासी पटेल सो क्षेत्रमा एमालेका प्रभावशाली नेता मानिन्छन ।

प्रतिक्रिया