आयोगले चित्तबुझाएन प्रचण्डको स्पष्टीकरण

नेपालखोज २०७९ कार्तिक १६ गते १३:०७

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको निर्वाचन आयोगले बताइएको छ । उम्मेदवारी दर्ताका समयमा बाजा बजाएको विषयमा प्रश्न गर्दा कसले बजायो थाहै नभएको प्रचण्डले जवाफ दिएका थिए ।

प्रचण्डको उक्त जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोगले यस्तो अभिवक्ति दिएको हो । आयोगले कोको व्यक्ति थिए ? प्रचण्डले लगेका हुन् वा होइनन् भनेर खोजबिन गर्न मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई समेत निर्देशन दिएको छ ।

प्रतिक्रिया