राष्ट्र बैंकले २२ करोड ६६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने

नेपालखोज २०७९ कार्तिक १६ गते १९:०८

काठमाडौं । नेपाल राष्ट्र बैंकल २२ करोड ६६ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । विभिन्न कोषहरुमा रहेको रकम तीन सय ६६ दिने मुुद्धती निक्षेपकोरुपमा २०७९ मंसिर दुुई गतेदेखि २०८० मंसिर दुई गतेसम्मको लागि राख्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार यसरी मुुद्दती निक्षेपकोरुपा राखिने कुल रकम मध्येमा वाणिज्य बैंकहरुको लागि १८ करोड, १४ लाख, विकास बैंकहरुको लागि तीन करोड ३९ लाख र फाइनान्स कम्पनीहरुको लागि एक करोड १३ लाख रुपैयाँ रुपैयाँ छुुट्याइएको छ । रकम लगानी गर्न चाहाने इच्छुक तथा फाइनान्स कम्पनीहरुले यही कात्र्तिक २१ गतेसम्म नेपाल राष्ट्र बैंकमा आफुले लगानी गर्न चाहेको रकम र उक्त रकममा दिन चाहेको व्याज समेत उल्लेख गरेर आवेदन दिनुपर्ने छ ।

रकम लगानीको लागि प्रस्ताव पेस गर्ने बैंक तथा फाइनान्स कम्पनीहरु सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पुरा गरेको, तोकिएको न्यूनतम पुँजीकोष कायम रहेको, निष्कृय कर्जा (एनपीए) कुल कर्जा सापटको पाँच प्रतिशत भन्दा कम भएको खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तिमा बीस प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया