राजनीतिक दलले आजदेखि आमसभा, कोणसभा तथा जुलुसद्वारा चुनावी प्रचारप्रसार गर्न पाउने

नेपालखोज २०७९ कार्तिक १७ गते ६:५७

काठमाडाैं । राजनीतिक दलले आजदेखि आमसभा, कोणसभा तथा जुलुसद्वारा चुनावी प्रचारप्रसार गर्न पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागिआजदेखि निर्वाचन प्रचारप्रसार अन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाे हाे ।

निर्वाचन आचारसंहिताले उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएपछि मतदानको दिनभन्दा १७ दिन अघिदेखि मात्रै जुलुस, कोणसभा तथा आमसभा गर्न पाउने व्यवस्था गरिएको छ । 

राजनीतिक दलले आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि गरिने खर्च मतदान सम्पन्न भएको १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्‍याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न सकिने र कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न गराउन नहुने आचारसंहितामा उल्लेखित व्यवस्था रहेको आयोगले जनाएको छ ।

प्रतिक्रिया