यू-१५ महिला साफ च्याम्पियनसिपमा आज नेपाल र भुटान खेल्दै
नेपालखोज
२०७९ कार्तिक १७ गते ८:५१

काठमाडाैं । बंगलादेशमा जारी यू-१५ महिला साफ च्याम्पियनसिप नेपाल र भुटान भिड्दैछन् । ढाकामा हुने खेलमा विजयी हुँदै नेपाल प्रतियोगितामा सुखद सुरुवात गर्ने लक्ष्यमा छ । खेल दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
उपाधी जित्ने लक्ष्यसहित ढाका पुगेको नेपालले पहिलो खेल खेल्न लागेको हो । यस अघि उद्घाटन खेलमा बंगलादेशले भुटानलाई ८-० अन्तरले पराजित गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया