नोभेम्बर ११ मा कामना सेवाका ग्राहकलाई दराजमा ११.११ छुट

काठमाडौं । कामना सेवा विकास बैंक र नेपालको अग्रणी अनलाइन बजार दराज केयमु प्रा.लि.बिच सम्झौंता भएको छ । बैंकका अनुसार बुधबार बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने सम्झौता भएको हो । दराजको ११.११ छुट योजना नोभेम्वर ११ अर्थात कार्तिक २५ गते देखि लागू हुनेछ ।
कामना सेवा विकास बैंकमा खाता रहेका ग्राहकहरुले दराजद्वारा ११.११ को अवधिमा अनलाइन सामान खरिद गर्दा डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा २५ सय रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम २० प्रतिशत वा तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरुले आफ्नो कार्ड ई-कमर्सको लागि सक्रिय गर्नु पर्नेछ ।
माथि उल्लिखित पूर्व भुक्तानी छुटहरू अभियानको अवधिमा सीमित अवधिको लागि मात्र प्रत्यक्ष हुनेछ । तसर्थ, ग्राहकलाई छिटो कार्ड ई–कमर्सको लागि सक्रिय गर्न र बिक्री सुरु हुने बित्तिकै छुटहरू प्राप्त गर्न बैंकले अनुरोध गरेको छ ।








प्रतिक्रिया