शुक्रबार, असार २०, २०८२

पछिल्लो चौबीस घण्टामा ४९ संक्रमित

नेपालखोज २०७९ कार्तिक १७ गते १६:४५

काठमाडौं । पछिल्लो चौबीस घण्टामा नेपालभर ४९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज संक्रमणबाट शून्य जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार २ हजार ३१२ जनाको नमुना परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण देखिएको हो ।

१ हजार ३६३ जनाको पीसीआर परीक्षण गर्दा ४५ जनामा र ९४९ सय जनाको एन्टिजेन परीक्षण गर्दा ०४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले नियमित बुलेटिनमार्फत जनाएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा २३ कोरोना संक्रमित निको भएका छन् । नेपालभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या भने ५७५ पुगेको छ ।

प्रतिक्रिया